बैतडीको मेलौलीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते 

बैतडीमा घरको छतबाट लडेर एक बालक गम्भीर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका-२ का नरबहादुर चन्दका ११ बर्षीय छोरा सन्तोष चन्द लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। 

छिमेकी लक्ष्मण महराको दुईतले घरको छतमा साइकल चलाएर खेलीरहेका चन्द आज दिउँसो छतबाट लडेका थिए। उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ।  

घाइते सन्तोषको हात र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ। 

Leave A Reply

Your email address will not be published.