बैतडी जिल्ला क्रिकेट संघ बैतडीले क्लवहरुलाई नविकरण गर्न आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला क्रिकेट संघले कार्तिक १५ गतेसम्म क्रिकेट क्लब नविकरण गर्न भनेको हो ।
क्लब रहेको कार्यसमिति गठन वा पुनरगठन भएको प्रतिलिपि, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रतिलिपि, राजश्व कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, गत आर्थिक वर्षको लेखापरिक्षणको रिर्पोटको प्रतिलिमि संलग्न राखी नविकरण गर्न भनेको हो ।