सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, चार प्रदेशमा छिटपुट वर्षा

नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो। ’यस वर्षको मनसुन असोज १९ गतेका दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ।

नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूर र कर्णालीबाट मनसुन बाहिरिए पनि आज (शनिबार) कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.