बैतडी सहित सुदूरपश्चिमका किसानहरुलाई धान भित्र्याउन भ्याईनभ्याई

बैतडी-बैतडी सहित सुदूरपश्चिमका किसानहरुलाई यतिबेला धान भित्र्याउन भ्याईनभ्याई भएको छ। चाडवाडको चहलपहल सुरु भएसगै धान उत्पादन हुने क्षेत्रका किसानहरु धान भित्र्याउनमा ब्यस्त रहेका छन।

यो बर्ष दशैं तिहार सुरु हुनै लाग्दा धान पाक्नाले किसानहरुलाई निकै चटारो बढेको मेलौली नगरपालिका–०८ कोटिगाँउका सागर बिष्टले बताए। किसानहरुलाई खेतमा पहेँँलपुर अवस्थामा रहेको धान भित्र्याउने चटारो बढेको उनले बताए ।

गत बिगतका बर्षहरुमा दशैँ तिहार सकिएपछि धान काट्ने चटारो बढ्ने गरेको भएपनि यस बर्ष चाडवाड सुरु हुनु पुर्ब चटारो बढेको पाटन नगरपालिका–०१ सकारकी कल्पना बिकले बताईन। खर काट्ने चटारो सगै धान भित्र्याउने चटारोले खाना खान समेत फुर्सद नहुने गरेको उनले बताईन्।।

किसानहरुलाई धान भित्र्याउने बेला पानि लाग्ने होकि भन्ने डर समेत रहेको जनाईएको छ। किसानहरु दशै अगावै धान भित्र्याउने काम सकेर ढुक्कसंग चाडवाड मनाउने तयारिमा समेत रहेका छन।

पछिल्लो समय पुरानो जातका धान भने लोप हुँदै गएको शिक्षक एवं स्थानिय संस्कृतिका जानकार बिरुवा राम लुहारले बताए। पुरानो जातका धानको बीउ पाउन समेत गाह्रो हुने गरेको उनले बताए। बैतडीमा ९ हजार हेक्टर जमीनमा धान खेती गरिँदै आएको छ। धानखेती हुने जमीनको ४६ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । बाँकी खेतमा आकाशे पानीको भरमा धानखेती गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.