बैतडीको दनपामा पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नवीनचन्द्र पाण्डेयलाई दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।।
प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको दशरथचन्द नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामै कार्यरत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
पाण्डेयलाई बढीमा दुई महिना आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलको सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको अवस्थामा पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त भएकाले नगरपालिकामा आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.