माओवादी केन्द्र अमरगढीको नगर अध्यक्षमा सार्की चयन

डडेल्धुरा- नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्षमा तुलाराम सार्की चयन भएका छन्। शनिबार सम्पन्न अमरगढी नगर कमिटीको भेलाले सार्कीलाई अध्यक्षमा चयन गरेको जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिनुभयो ।

तत्कालीन अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्याग गरेपछि सार्कीलाई नगर अध्यक्ष चुनिएको हो। अध्यक्ष सार्कीले पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियता पुर्वक अघि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने बताउनुभयो । उनी लामो समयदेखि माओवादी केन्द्रमा क्रियाशील रहेका छन्।

Leave A Reply

Your email address will not be published.