भागेश्वर गाउँपालिकामा कानूनी उपचार शिविर सम्पन्न

डडेल्धुरा -डडेल्धुराको भागेश्वर गाउँपालिकामा कानूनी उपचार शिविर सम्पन्न भएको छ । एटुजे, युएनडिपीको आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुरा द्वारा सञ्चालन गरिएको न्यामा पँहुच कार्यक्रमअन्तर्गत स्थानीय नागरिकका समस्या समाधानका लागि गाउँपालिकाको वडा नम्बर ४ मा कानूनी उपचार शिविर राखिएको हो ।

बहुउद्देश्यीय विकास समाज डडेल्धुराका अध्यक्ष अशोक बमको अध्यक्षतामा सुरू भएको उद्घाटन सत्र पश्चात् स्थानीयका समास्या समाधान तथा कानूनी उपचारका लागि कार्यक्रम अगाडि बढेको थियो ।

शिविरमा अधिवक्ता युवराज जोशीले कानूनसम्बन्धिका कुरामा सहजिकरणा गरेका थिए भने वडा सचिव कल्पना थापा विष्टले समुदाय तथा वडाभित्र रहेका समस्या तथा अन्य वडाले निवारण गर्नसक्ने व्यक्तिगत घट्ना दर्ता र सिफारिसका विषयमा प्रष्ट पारेकी थिइन् ।

लक्षित समुदाय र महिलाका समस्या समाधान गर्न समुदायमा नै शिविरको आयोजना गरिएको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक धनबहादुर भण्डारीले जानकारी दिनुभयो । उनका अनुसार उक्त कानूनी शिविरमा केही व्यक्तिगत समस्या र सामाजिक सुरक्षाका विषय, सामान्य घरेलु हिसां र स्वास्थ उपचारका लागि सिफारिस गर्ने विषयमा कानूनी परामर्श दिइएको छ ।

कार्यक्रममा एटुजे र युएनडिपीका कार्यक्रम व्यवस्थापक विशेषज्ञ अर्जुनबहादुर बिश्वकर्माको पनि उपस्थिति रहेको थियो । बिश्वकर्मा परियोजनाले गरेका गतिविधि अनुगमन तथा पृष्ठपोषण प्रदान गर्न डडेल्धुरा पुगेका हुन् । कार्यक्रममा ७२ जनाको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.