सुर्नया–५स्थित रौलेश्वर माविका शिक्षक मडैको निधन

बैतडी- बैतडीको सुर्नया–५ रौलेश्वर माविका शिक्षक प्रताप मडैको निधन भएको छ । ३ दिन पहिले विद्यालयमै एक्कासी बेहोस भएका शिक्षक मडैको उपचारको क्रममा धनगढीमा मृत्यु भएको विद्यालय श्रोतले जनाएको छ । सुर्नया–५ मडगाँउ घर भएका शिक्षक मडैको उपचारको क्रममा धनगढीमा मृत्यु भएको रौलेश्वर माविका शिक्षक धन बहदुर बिष्टले जानकारी दिए ।
विद्यालयमा एक कुशल एवं अनुशासित शिक्षक गुमाएको भन्दै आज शोक विदा दिइएको छ । शिक्षक मडै विगत ७ वर्षदेखि रौलेश्वर माविका शिक्षण पेशामा आबद्ध थिए ।

Leave A Reply

Your email address will not be published.