बैतडीमा गन्धक र सुरासहित पक्राउ परेकी बोहरा धरौटीमा रिहा

बैतडी । बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ परेकी बैतडीको दशरथचन्द नगरपालिका–२ की पुष्पा भनिने पार्वती बोहरा आइतबार धरौटीमा रिहा भएकी छिन्। यस्तै पार्वतीको बयानको आधारमा पक्राउ परेका सोही ठाउँका भरत बोहरा पनि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा भएको थुनछेक बहस पश्चात दुवै जनालाई धरौटीमा छाड्ने आदेश भएसंगै उनीहरु धरौटी बुझाएर रिहा भएका हुन्  पार्वतीले २५ हजार धरौटी बुझाएकी छन् भने भरतले १० हजार धरौटी बुझाएका छन् ।

यही असोज ४ गते भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको हो।

विषेश सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा दशरथचन्द नगरपालिका ८ मौराभिरबाट उक्त कच्चा पदार्थ सहित पुष्पा बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.