बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ को हिरापुर नजिकै सोमबार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो।

खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो।

जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल भीरमा खसेको छ। मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन्। मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते रहेका प्रहरीले जनाएको छ।

उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। चन्दलाई अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave A Reply

Your email address will not be published.