बैतडी -बैतडीको शिवनाग गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । शिवनाथ गाउँपालिकाले हाम्रो शिवनाथ स्थानीय पाठ्यक्रम २०८० तयार पारेको हो ।
स्थानीय भाषा, जडिबुटी, स्थानीय लोक भाका, लोक बाजा, धार्मिक क्षेत्र, स्थानीय खाद्यका परिकार, स्थानीय नदि नला, बालिनाली, बनस्पती र स्थानीय प्रख्यात व्यक्तीत्वहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा, यूवा तथा खेलकुद शाखा प्राविधिक सहायक रमेश चन्दले जानकारी दिनुभयो।
१ देखि कक्षा ३ सम्मको स्थानीय पाठ्यक्र पहिले नै तयार भईसकेको र कक्षा ४ देखी कक्षा ८ सम्मको पाठ्यक्र सबै विद्यालयमा चालु शैक्षिक शत्रमै वितरण गरिने उनले बताउनुभयो।
यहाँका स्थानीयतहले निर्माण गरेको स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, वेषभूषा, खानपान, रहनसहन, चालचलन र धार्मिक क्षेत्र समेटिएको छ ।शिक्षा शाखाका प्रमुख दिनेश साउँदको संयोजकत्वमा कार्यदल गठन गरेको पाठ्यक्रम निमार्ण गरेको गाउँपालिकोले जनाएको छ । कार्यदलमा गाउँपालिका प्रबक्ता केशब लाई चन्द सल्लाहकार राखिएको थियो ।
शिवनाथ गाउँपालिकामा ३४ ओटा सामुदायिक विद्यालय रहेका ती सबैमा स्थानीय पाठ्यक्रम लागु हुने शिवनाथ गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।