बैतडी । मेलौलीमा बृहत बिद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि पूर्नताजगी तालिम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाको आयोजना र मेलौली नगरपालिकाको सहकार्यमा तालिम सम्पन्न गरिएको
विद्यालय व्यवस्थापन समिति र विद्यालय विपद व्यवस्थापन समितिहरुका लागि तालिम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडीका सामुदायिक प्रशिक्षक रुपक कठायतले बताए। तालिममा बिपद केहो, बिपदबाट कसरी बच्ने, विपद आइहालेमा के गर्ने, बिपद आउनुपूर्ब तयारी के गर्ने लगायतका बिभिन्न बिषयमा छलफल गरिएको उनले बताए।
मेलौली नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको कार्यक्रममा नगरभित्रको बिभिन्न बिद्यालयका बिद्यार्थी, बिद्यालय ब्यवस्थापन समिति अध्यक्षहरुको सहभागिता रहेको थियो। तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका सामुदायिक प्रशिक्षक रुपक कठायत, साहयक प्राबिधिक प्रबिन सुबेदी र मेलौली नगरपालिकाका ईन्जीनियर भुवन बाग रहेका थिए।
तालिमको सहयोग र सहकार्य मेलौली नगरपालिका–०१ ले गरेको थियो। तालिमबाट बिपदका बारेको थुप्रै कुराहरु सिक्ने मौका मिलेको तालिममा उपस्थित सहभागिहरुको बताएका थिए।