बैतडी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले बजार अनुगमन गरेको छ। आईतबारबाट सुरु गरिएको अनुगमन सबै वडामा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए।
स्थानिय प्रशासन र गाउँपालिकाको सयुक्त टोलिले गाउँपालिकाका सबै वडामा बजार अनुगमन गरेको जनाईएको छ। अनुगमनका क्रममा गाउँपालिकाको वडा न ३ लामिकाण्डेबाट १२ हजार ६५० मुल्य बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।
चाडवाडको बेला हुने कालोबजारी लाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले जनाकारी दिनुभयो। चाडपर्वका बेला कालोबजारी नगर्न सबै बजार ब्यवसाहिहरुलाई गाउँपालिकाको आग्रह गरेको छ।