बैतडीको सतबाँझमा बाशुलिङ्ग प्रिमियर लिग “सिजन–२” हुदै

बैतडी । बैतडीको सतबाँझमा बाशुलिङ्ग प्रिमियर लिग “सिजन–२” हुने भएको छ। बाशुलिङ्ग क्रिकेट क्लवको आयोजनामा कार्तिक २ गतेदेखि लिग सञ्चालन हुने जनाईएको छ।

नेपालिहरुको माहान चाड वंडा दशैंको अवशरमा सिद्धुखालि खेलमैदान सुर्नया गाउँपालिका–०२ सतबाँझमा बाशुलिङ्ग प्रिमियर लिग “सिजन–२” हुने आयोजक क्लवले जनाएको छ। सहभागि हुने चाहने ईच्छुकले यहि असोज ३० गतेसम्म टिम दर्ता गर्न सकिने जनाईएको छ। टिम दर्ताको लागि ६ हजार शुल्क लाग्ने बताईएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र राखिएको छ। यसैगरी द्धित्तिय पुरस्कार १८ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लवले जनाएको छ। प्रतियोगितामा म्यान अफ द सिरिजलाई २ हजार ५ सय सहित ट्रफि मेडल र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यानलाई ट्रफि मेडल र प्रमाणपत्र, बेष्ट बलरलाई ट्रफि मेडल र प्रमाणपत्र र म्यान अपल दि म्याचलाई ट्रफि प्रदान गरिने जनाईएको छ।

स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने कुराको आत्मसाथ गर्दै बाशुलिङ्ग प्रिमियर लिगको आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.