बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका हाकिमको सरुवा भएको छ। नगरपालिकाका हाकिम भानुभक्त भट्टको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सरुवा गरेपछि बिहीवार एक कार्यक्रमका बिच बिदाई गरिएको नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिए। भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुर्चौडी सरुवा गरेको थियो। रक्षा मन्त्रालयमा कार्यरत भट्ट सरुवा पछि बैशाख २०बाट पुर्चौडी नगरपालिकामा हाजिर भएका थिए।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नगरपालिकामा आर्थिक कारोबार लगायतका अन्य कामकारबाही गर्न समस्या भएको छ।