बैतडीको पाटन नगरपालिकाले पायो नयाँ ‘हाकिम’,शेर बहादुर बुढा हाजिर

बैतडी -बैतडीको पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत शेर बहादुर बुढा पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन् । उनि (आज) शुक्रबार हाजिर भएका हुन् ।
करिब एक महिना पहिले देखि नै नगर प्रमुख गौरी सिंह रावल प्रमुख प्रशासकीय अधिकृतको लागि संघीय राजधानी थिए ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै आर्थिक तथा प्रशासनिक कामले गति लिने र नयाँ योजना कार्यान्वयनको ढोका समेत खुल्ने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षका योजना देखि अन्य कामकाजले गति लिने नगर प्रमुख गौरी सिंह रावालले जानकारी दिए । संघीय सरकारले कामकाज भइरहेकै समयमा सरुवा गरेर स्थानीय सरकारमाथिको दमन गर्नु नहुने समेत उनले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.