१७ वर्षिया बालिकालाई करणी गरेको आरोपमा मेलौलीका ओझा प्रकाउ

बैतडी । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ परेका छन्। महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका ७ का महेश ओझालाई अन्दाजि १७ वर्षिया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

चाकल ओझा माथि सोही मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको छ। ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरीले प्रहरी निरीक्षक खत्रीले बताए। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन्।

बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुँदै छ।

Leave A Reply

Your email address will not be published.