ट्रेड युनियन कांग्रेस सुदूरपश्चिमको युवा समिति अध्यक्षमा भण्डारी चयन

नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिमको युवा समिति अध्यक्षमा डडेल्धुराका हरिसिंह भण्डारी चयन भएका छन्। यस्तै समितिको उपाध्यक्षमा कोपिला रानाभाट तथा महिला उपाध्यक्षमा पार्वती बजगाँइ चयन भएका छन्।

समितिको सचीवमा शैलेन्द्र धानुक, सह–सचीवमा कल्पना लेखक, त्यसैगरी सदस्यहरुमा नरेश भट्ट, धिरेन्द्रबहादुर बुढा र सरोजकुमार सिंह चयन भएका छन्।

अध्यक्षमा चयन भएका भण्डारी अजयमेरु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हुन् ।

Leave A Reply

Your email address will not be published.