बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटमा टिम क्वालीटी कैलपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा थालीगडालाई ५ रनले हराउदै कैलपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
जितका लागि पाएको १६७ रनको विजयी लक्ष्य पछ्याएको थालीगडाले १५ ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो। थालिगडाका खडक बोहराले ८० रन बनाएपनि हार टार्न सकेनन्।
कैलपालका लोकेन्द्र चन्दले ४ विकेट हात पारे। त्यसअघि श्रीकृष्ण मावि पाटनको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कैलपालले १५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो। कैलपालका प्रदीप चन्दले ४८ र दिनेश बिष्टले ४५ रन बनाए। थालिगडाका नविन थापाले २ विकेट लिए
कैलपालका लौकेन्द्र म्यान अफ द म्याच चुनिए। पाटन क्रिकेट क्लबको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।