तिहार लगत्तै भागेश्वोरको बन्चुल्ल र चुल्लगाउँमा बिजुली बल्ने

  • केशव भण्डारी

तिहार सुरु भएसँगै शहरलगयत ग्रामीण भेगका गाउँहरु झिलिमिलि बनेका छन्। डडेल्धुराको भागेश्वोर गाउँपालिका–४ बन्चुल्ल र वडा नम्बर ५ को चुल्ल गाउँ यस वर्षको तिहारमा पनि अन्धकारमय बन्ने भएका छन्। गाउँपालिकाको केन्द्र बगरकोटबाट नजिकै रहेका उक्त गाउँहरुमा एक डेढ घण्टा हिडेर पुग्नु सकिन्छ ।

वरपरका गाउहरुमा बिजुली बलिसकेको छ। ‘गाउँपालिकाले चाहे भने दशपन्ध्र दिनमै बिजुली बाल्नु सक्छ,’ स्थानीय दुर्गा जोशीले भने, ‘गाउँपालिकाले पटकपटक दशै तिहारमा बिजुली बाल्ने आशवाशन दियो तर बलेन अब त बिजुली बल्ला भन्ने आश मरिसक्यो।’

पोल गाडेको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। तारहरु खिचिएको भएपनि कामको गतिले तीव्रता नपाउँदा दुई वर्षभन्दा बढी हुँदा समेत बिजुली बल्नु सकेको छैन।

टाढा–टाढाका गाउँहरू बिजुली विस्तार भइसक्दा पनि नजिकैका गाउँहरुमा गाउँपालिकाले चासो नदिँदा सञ्चार सेवा तथा पढाइमा बाधा पुगिरहेको स्थानिय विद्यार्थी शानु भण्डारीले बताइन्।

यता भागेश्वोर गाउँपालिकाले निरन्तर कार्यलाई अगाडि बढाइरहेको भएपनि समान अभावले दशैंतिहारमा बिजुली बाल्न नसकिएको स्वीकार गरेको छ । गाउँपालिका अध्यक्ष हेमराज चटौटले तिहारलगत्तै चुल्ल गाउँमा बिजुली बल्ने दाबी गरे।

Leave A Reply

Your email address will not be published.