डडेल्धुराको भागेश्वर मन्दिर धुरामा मेला लाग्दै, पालिकाद्धारा सार्वजनिक बिदा

डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ। भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका दिन राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर धुरामा भब्य मेला लाग्ने गर्दछ।

सोही मेलाको अवसरमा भागेश्वर गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए।

उनका अनुसार मंसिर १० गते आइतवारका दिन भागेश्वर गाउँपालिका क्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहका सवै संघसंस्थाहरु बन्द रहने छन्।

‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती लाग्ने गर्दछ । समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो।

२२ गाउँको ढुङ्गा, काठ, नगद, जिन्सीसहित मिस्त्री पनि ल्याएर डडेल्धुराको भागेश्वरको मन्दिर निर्माण गरिएको किम्बदन्ती छ। पहिले भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भए पनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जाने गरेको छ।

Leave A Reply

Your email address will not be published.