गन्यापधुरामा उपाध्यक्षसंग सुत्केरी कार्यक्रमअन्तर्गत पोषण भत्ता वितरण

डडेल्धुरा -डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा पोषण भक्ता वितरण गरिएको छ । हजार दिने आमालाई लक्षित गर्दै पोषण भक्ता वितरण गरिएको हो । गाउँपालिकाको नियमित कार्यक्रमअनुसार प्रत्येक ४ महिनामा एक हजार पाँच सयका दरले पोषण भत्ता वितरण गर्ने गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले बताइन् ।

देउवाले सुत्केरीलाई राहत स्वरुप पोषण भत्ता वितरण गरिएको जानकारी दिइन् । यसबाहेक सरसफाई सामाग्री तथा पोषण सामाग्री लगायत आवश्यक सहयोग गर्ने गरिएको देउवाले बताइन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले पालिकाको उक्त कार्यको प्रसंसा गर्दै आगामी दिनहरुमा थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिन् ।

Leave A Reply

Your email address will not be published.