डडेल्धुराको नवदुर्गामा अपाङगता परिचयपत्र वितरण गर्न शिविर सञ्चालन

डडेल्धुरा-अपाङगता भएका व्यक्तिहरुले आफ्नै वडामा परिचयपत्र पाउन थालेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अपाङगता भएका व्यक्तिहरुले आफ्नै वडामा परिचयपत्र पाउन थालेका हुन् ।

नवदुर्गा गाउँपालिका र लुनिभा बालसरोकार समूह नेपालको सयुक्त आयोजनामा शिविर नै सञ्चालन गरेर अपाङगता पररिचय पत्र वितरण गर्न थालिएको हो । सोही क्रममा आज वडा नम्बर २ मा शिविरको आयोजना गर्दै शारीरिक रुपमा असक्त भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष दिलबहादुर बिष्टले जानकारी दिए ।

शिविरमा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, उपाध्यक्ष निर्मला बोगटी, प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङ लगायतको पनि सहभागिता रहेको थियो ।

गाउँपालिकाका अनुसार अपाङगता परिचयपत्र वितरणका लागि प्रत्येक वडामा शिविरको आयोजना गरिएको छ । पालिकाले सम्पूर्ण अपांगता सम्बन्धी समस्या भएका नागरिकलाई सेवा लिन आग्रह पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.