दशरथचन्दमा राष्ट्रपति रनिङ शिल्ड पुस ५ गतेदेखि

 बैतडी-बैतडीको दशरथनगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ५ गतेदेखि शुरू हुने भएको छ। दोस्रो रनिङ शिल्ड प्रतियोगिताका रूपमा यो प्रतियोगिता पुस ५ देखि पुस ९ गतेसम्म सञ्चालन हुने नगर विकास खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्द जानकारी दिनुभयो।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताका खेलहरू निङलाशैनी खेलमैदान,देहिमाडौंमा हुनेछन्।नगर खेलकुद विकास समितीको निर्णय तथा शैक्षिक सत्र २०८० अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताआयोजना गरिएको दशरथचन्द नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिश प्रकाश भट्टले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई अनुरोध गरिएको छ।
सहभागी हुने विद्यालयले मंसिर ३० गतेभित्र आवश्यक विवरणसहित शिक्षा शाखामा टिम दर्ता गर्नुपर्ने जनाएको छ।प्रतियोगितामा छात्रछात्रा भलिबल,कबड्डी,एथलेटिक्स अन्तरगतका खेलहरू हुनेछन् ।
जिल्ला खेलकुद समितिले पुस मसान्तसम्म यहाँका सबै पालिकालाई पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ। सोही अनुसार यहाँका स्थानीय तहहरूले पालिकास्तरीय प्रतियोगिता आयोजनाको तयारी गरिरहेका छन् ।
स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपनि माघमा जिल्लास्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.