धनगढीमा जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही

धनगढी-कैलालीको धनगढीमा जथाभावी रुपमा फोहोर फाल्ने एक जनालाई उपमहानगरपालिकाले कारबाही गरेको छ।

यात्रुका लागि सडकमा राखिएका डस्टबिनमा कुहिने र नकुहिने फोहर फाल्नुपर्नेमा जथाभावी फालेको भन्दै एक जनालाई उपमहानगरले कारबाही गरेको हो।

उपमहानगरपालिकाको सरसफाइ शाखाले जथाभावी फोहोर फाल्ने एक जनालाई एक हजार रुपैयाँ जरिवाना गराएर सम्झाइबुजाइ समेत गरेको जनाएको छ। जथाभावी फोहोर फाल्ने व्यक्तिको नाम भने खुलाइएको छैन।

Leave A Reply

Your email address will not be published.