भारत गएका सिगासका हिमाल बाटोमै अस्ताए

बैतडी-रोजगारीको शिलशिलामा भारत गएका बैतडीको सिगास गाउँपालिका २ गाँजरीका हिमाल धामी  (हरिश)  को मृत्यु भएको छ। केही समय अघि मात्रै भारत गएका हिमालको अन्दाजी २७ वर्षको उमेरमा किड्नी फेल भएको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। आमा, श्रीमती, छोरी र भाइको सपना बोकेर रोजगारीका लागि भारत गएका हिमालको अल्पायुमै निधन भएपछि परिवार शोकमग्न हुनुका साथै रुवावासी चलेको छ ।

केही वर्षअघि मात्र जण्डिसको उपचार गराउँदै गर्दा हिमालका बुबाको निधन भएको थियो । बुबाको उपचारमा परेको ८ लाख ऋण तिर्नका लागि कमाउन भनी भारत गएका हिमालको एक्कासी पेट दुखेपछि अस्पताल जचाउँदा दुबै किड्नी फेल भएपछि घर ल्याउने क्रममा गोदावरीमा मृत्यु भएको पारिवारिक स्रोतको भनाइलाई उधृत गर्दै समाजसेवी सूर्यबहादुर बोहराले जानकारी दिए । मृतक हिमालकी श्रीमती र दुई छोरी रहेका छन ।

Leave A Reply

Your email address will not be published.