डडेल्धुराको नवदुर्गामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नवदुर्गा गाउँपालिकामा पनि आज सम्पन्न भएको हो।

गाउँपालिका उपाध्यक्ष निर्मला बोगटीले पालिकामा रहेका ५ वटै वडाबाट सबै क्षेत्रमा प्रतिनिधित्व रहने गरि महिलाहरुको सहभागितामा अभियान समापन गरिएको जानकारी दिइन्। कार्यक्रममा कानूनी रुपमा लैङ्गिक हिंसाका विषयहरुको उठान र कानूनी प्रक्रियाबारे अधिबक्ता बिष्णुराज भट्टले सहभागीलाई जानकारी गराएका थिए।

पालिकामा गत वर्ष १६ वटा मुद्धाहरु न्यायीक समितिमा आएको र अधिकांश लैंगिक हिंसा सम्बन्धी रहेको पालिका उपाध्यक्ष बोगटीले बताइन्। उनले कानूनी सचेतना फैलाउँदै आज लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन गरिएको पनि जानकारी गराइन्।

Leave A Reply

Your email address will not be published.