धनगढीमा एम्बुलेन्स चालक चरेससहित पक्राउ

धनगढी-बिरामी बोक्ने एम्बुलेन्सका चालक धनगढीमा चरेससहित पक्राउ परेका छन्।

धनगढीको बोराडाँडीमा एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेका हुन्। बझाङबाट बिरामी लिएर आएका एम्बुलेन्स चालक धनगढीमा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

००१०५४२ नम्बरको एम्बुलेन्सका चालक चरेससहित पक्राउ परेको प्रहरीले जानकारी गराएको हो। बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका–३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो। थप विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.