बैतडी । डडेल्धुराको दक्षिणी भेगमा पर्ने भागेश्वर गाँउपालिका वडा नं.२ मा रुपाल बहुमुखी क्याम्पस संञ्चालनका लागी सुरु भएको अभियान अन्तिम चरणमा पुगेको छ। बि:सं २०१८ सालमा स्थापना भएको असिग्राम माध्यमिक विद्यालय लाई रुपाल बहुमुखी क्याम्पसको रुपमा संञ्चालन गर्न पहिलो चरणमा आर्थिक संकलन अभियान सुरु गरिएको हो।
रुपाल क्षेत्रका विद्यार्थिहरु लाई १२ कक्षा पश्चात थप अध्ययनका लागी डडेल्धुरा जिल्ला सदरमुकाम वा तराई तिर जानु पर्ने समस्या लाई कम गर्न रुपाल क्षेत्रमै बहुमुखी क्याम्पस खोल्ने अवधारण अनुरुप रुपाल बहुमुखी क्याम्पस खोल्ने अभियान सुरु भएको हो। सुरुवाती चरणमा क्याम्पस खोल्नको लागी १५ लाख रुपैया धरौटी राख्नु पर्ने र ३० लाख बरावरको अक्षयकोष खोल्नु पर्ने भएकोले क्याम्पस संञ्चालनका लागी करिव ४५ लाख बरावर आवश्यक रहेकोमा हाल सम्मा करिव २७ लाख संकलन भईसकेको विद्यालयले जनाएको छ।
रुपाल बहुमुखि क्याम्पस संञ्चालनका लागी हाल अमेरीका रहेका पदम ठकुराठी ले अमेरिकामा विभिन्न अभियान संञ्चालन गरि १७ लाख ३२ हजार ४९ रुपैया संकलन गरि पठाएका छन भने अय शुभ चिन्तकहरु बाट आर्थिक सहयोग संकलन भईरहेको विद्यालयले जनाएको छ।