बैतडी । डडेल्धुराको परशुराम नगरपालिका-८ दुर्गम बस्तिमा रहेको बैजनाथ माद्यामिक विद्यालयले स्थपानाको ४३ औं वार्षिकोत्सब समारोह मनाएको छ । पुस १ गते विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मर वहादुर विष्टको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आत्तिथ्यतामा वार्षिकोत्सब तथा अभिवाबक दिवस समारोह उदघाटन भएको हो।
जनचेतनामुलक नाटक सहित अन्य बिबिध कार्यक्रम गरि वार्षिकोत्सब मनाउन लागिएको बिद्यालयका प्रधानाध्यापक तेज वहादुर विष्टले जानकारी दिनुभयो। २०३६ सालमा स्थपना भएको बिद्यालय अहिले कक्षा १२ सम्म पठनपाठनको अनुमति पाई सञ्चालनमा रहेको छ
परशुरामको दुर्गम वडाका रुपमा रहेको वडा न ८ का अभिवाबक र विद्यार्थिहरुका माझ लोकप्रिय रहेको छ। परशुरामका अधिकान्स नागरिक गरिविको रेखामुनि रहेको र विदेश, खाडिमुलुक जान पर्ने यहाको वाध्यतालाई चिरफार गर्ने, सचेतना मुलक घर न घाट नमक नाटक प्रदर्शनले बिद्यालय र यश क्षेत्रको सामाजिक बिकृतिलाई हटाउनमा टेवापुगाउने नाटकका रचनाकारको धारणा छ।
नगरपालिका र प्रदेस सरकारको साथ सहयोगमा अहिले १२ कक्षा सम्म सञ्चालनमा रहेको विद्यालयमा दरवन्दि अभाव रहेको पाइएको छ। बिद्यालयमा पिउने पानि, शौचालय लगायतका समस्या समेत विद्यालयमा रहेको शिक्षक लाल वशादुर नेगिको भनाइ छ।
आर्थिक अभाव रहेको अवस्थामा समेत यश क्षेत्रका नागरिक, शिक्षाप्रेमि, भुतपुर्व शिक्षक ,विद्यार्थी, राजनीतिकर्मिहरुवाट चन्दा संकलन गरि वार्षिकोत्सब मनाएको बतार्ईएको छ। बिद्यालय सगं आफ्नो छुट्टै रकम भएन, दान दाता र चन्दा दाता गुहारि अभिवाबक जागुरक पार्ने गरि कार्यक्रम गरिएको जनाईएको छ।
करिब ३ लाख बढि आर्थिक सन्क्लन गरिएको बिद्यालयले जनाएको छ। अझ आम्दानी र खर्च कार्यक्रम समापन पश्चात् सार्वजनिक गरिने भएको हो। विद्यालयको वार्षिकोत्सब एक उत्सव हो, अभिवाबक र शिक्षक विद्यार्थी विच भेटघाट गर्ने अवसर समेत रहेको नगरप्रमुख भरत वडायर जोशीले वताए। शिक्षा नभए मानव परिपुर्ण हुन नसक्ने भएकाले नगरपालिकाको वजेट पनि अन्य भन्दा शिक्षामा बढि रहेको छ। गुणस्तर सुधारमा हामी जुटेका छौँ,उनले थपे।