आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहनेछ। देशका अरु ठाउँमा बदली भएको मौसममा भोलिदेखि हल्का सुधार हुने अनुमान छ।
काठमाण्डौमा पनि अहिले मौसम बदली नै देखिएको छ। हिजोभन्दा आज न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले बढेको छ। हिजो ५ दशमलव ६ डिग्री रहेको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। मौसमविद् गोविन्द झाका अनुसार केही दिनयता काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम एकरदुई डिग्री तलमाथि भइरहेको छ। केहीदिन यस्तै अवस्था रहनेछ।