ब्लड क्यान्सर पिडित भट्टको उपचारमा आर्थीक समस्या

बैतडी । ब्लड क्यान्सरबाट पिडित भाष्कर भट्टको उपचारमा आर्थीक समस्या भएको छ। मेलौली नगरपालिका-०९ असुर घर भई हाल डडेल्धुराको भागेश्वर गाउँपालिका-०३ राडिल रातामाटा बन्या निबासि भट्टको उपचारमा आर्थीक समस्या भएको छ।

आफ्नो तिन बर्षीय छोरा ब्लड क्यान्सरबाट ग्रसीत हुदा परिवार चिन्तामा रहेको बुवा खेमराज भट्टले बताए। करिब ६ महिनादेखी ब्लड क्यान्सरबाट ग्रसीत छोराको उपचारमा आर्थीक समस्या भएको उनले बताए।

छोराको उपचार गर्न स्थानीय अस्पतालदेखि देशको संघिय राजधानी काठमाण्डौसम्म पुगेको परिवारले जनाएको छ। काठमाण्डौमा १ महिनाको उपचार पश्चात हाल बिपि क्यान्सर अस्पताल चितवनमा उपचार भईरहेको बुवा खेमराजले बताए। उनले भने,“चितवन आएर उपचार गरिरहेको ५ महिना भईसक्यो, छोरा कलिलै भएकाले उपचार सफल हुदै गईरहेको छ तर आर्थीक समस्या भने झनझन बड्दै गईरहेको छ,।”

छोराको उपचारमा हालसम्म ऋण गरेर, आफुसंग भएको धन सम्पती बेचेर १३ लाँख ४४ हजार ६६० रुपैया बराबर उपचारमा खर्च भईसकेको पारिवारीक स्रोतले जनाएको छ। भए भरको पैसा र सम्पती उपचारमा सकिएको र अबको उपचारमा आर्थीक समस्या भएकाले सबै मनकारीहरुलाई सहयोग गरिदिन आग्रह गरिएको छ।

बालक अझै पुर्ण रुपमा ठिक नभएका कारण दुईतिन महिनासम्म अस्पतालमै बस्नु पर्ने डाक्टरहरुले बताएका छन। आफ्नो छोराको ज्यान बचाईदिन सबै स्थानीयदेखी प्रदेश र केन्द्र सरकार, बिभिन्न सघंसस्था, बिभिन्न राजनितिक दल, समाजसेबी र मनकारी ब्यक्तिहरुलाई परिवारले आग्रह गरेको छ।

अहिले उनको उपचारको लागि देश तथा बिशेबाट आर्थीक संकलन अभियान सञ्चालन गरिएको छ। अभियानमा जोडिदिन सबैमा अनुरोध गरिएको छ।

सहयोग गर्न नेपालका लागि –

Account Holder : Neelkanth bhatt

Account Number : 2710211468100001 Kumari Bank Melauli Branch Phone ; 9848825139

सहयोग गर्न भारतका लागि

Account Holder Name-Puskar bhatt

Account Number : 40950001000101098 Punjab National Nank Phone Pay/Googe pay : +917973750023

थप जानकारीका लागि: डम्बर ठगुन्ना  919910675915

Leave A Reply

Your email address will not be published.