बैतडी । मेलौली नगरपालिका-०८ कोटिगाँउ घर भई हाल कोरीयामा रहेका मदन बिष्टले गाउँमा अत्याधिक समस्यामा परेकालाई आर्थीक सहयोग गर्न थालेका छन। केहि दिन अगाडी आफ्नो गाउँमा अत्याधिक समस्यामा परेकालाई सहयोग गर्ने घोषणा अनुसार सहयोग गर्न थालेका हुन।
बिष्टले शुक्रबार मात्रै मेलौली नगरपालिका-०८ पटा निबासि आर्थीक अवस्था निकै कमजोर भएका लछि ठगुन्नाको परिवारलाई सहयोग गरेका छन। ठगुन्नाको (पौष ५ गते) जन्मेका नबजात शिशुको स्वास्थ्यमा बिभिन्न समस्या देखिएको हुदा थप उपचारको लागि (५ हजार ५ सय ६३) रुपैया सहयोग गरेका हुन।
उनको नबजात शिशुको हाल डडेल्धुरा अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको छ। जन्मेकै दिन स्वास फेर्न नसक्ने, आमाको दुध खान नसक्ने लगायतका समस्या देखिएको शिशुको उपचारका लागि सहयोग गरेका हुन। घरको आर्थीक अवस्था दयनिय भएका ठुगन्नाको परिवारलाई सहयोग गर्न पाउदा आफुले गर्बको महसुस गरेको बिष्टले बताए।
बिष्टले गाउँमा दुखी, पिडीत र गरीबको सेवा गर्ने उदेश्यले सहयोग गर्ने बताएका छन। उनले भने,“मेरो गाउँमा कसैलाई चोटपटक लाग्यो, बिरामी परियो, सुत्केरी बेथाले च्यापेको महिला अथवा कोहि अत्यन्तै समस्यामा परे, तर पैसा छैन भने त्यो बेला आर्थिक सहयोग गर्छु,।” अस्पताल सम्म पुर्याउन गाडीको ब्यवस्था र अन्य समस्या समाधानका लागि आफुले आर्थीक सहयोग गर्ने बताएका छन।
हालको लागि आफ्नै गाउँमा यो अभियान चलाउने र बिस्तारै अन्य ठाउमा पनि सहयोग गर्ने उनले बताए। समस्यामा परेका ब्यक्तिहरुले सिधै आफुलाई खबर गर्न सञ्चारकर्मी दिपक राज दिर्घायुलाई खबर गर्न आग्रह गरेका छन। तत्काल सहयोग उपलब्ध गराउने उनले घोषणा गरेका छन।
बिष्टले यो भन्दा पहिला पनि गाउँमा थुप्रै ब्यक्तिहरुलाई आर्थीक सहयोग गरेका छन। समाजसेवा मागेर, अरु–अरुबाट संकलन गरेर भन्दापनि स्वयम आफैले कमाएको पैसाबाट हुने बताएका छन। आफु हिजाको दिनमा पनि सामाजको हितमा काम गर्दै आएको र अबका दिनमा पनि सामाजका पक्षमा बोल्ने, काम गर्ने र आर्थिक सहयोग गर्ने उनले बताएका छन।
यसैगरी उनले अर्को प्रसङ्ग जोड्दै राजनिति पेसा भन्दापनि सेवा हुनुपर्ने बताएका छन। स्थानीय तहका जनप्रतिनिधिहरुले राजनितिलाई पेसा बनाउनु भन्दापनि समाजसेवाको रुपमा लिनुपर्ने सुझाव दिएका छन।