बैतडी । पञ्चेश्वर गाउँपालिका–०२ को नवनिर्मीत वडा कार्यालयको उद्घाटन गरिएको छ। शनिबार एक कार्यक्रमका बिच नवनिर्मीत वडा कार्यालय भवनको उद्घाटन गरिएको वडा अध्यक्ष बिर बहादुर चन्दले बताए।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष बिना भट्ट र वडा नम्बर–०३ का वडा अध्यक्ष मिन बहादुर चन्द लगायत स्थानीयहरुको सहभागिता रहेको थियो। नव निर्मित भवनबाटै वडाबासिलाई मुस्कान सहितको सेवा प्रवाह गरिने वडा अध्यक्ष चन्दले बताएका छन।
वडा कार्यालय निर्माणका लागि शाही निर्माण सेवा डडेल्धुरासंग आर्थिक बर्ष २०७६/०७७ मा सम्झौता भएको इन्जिनियर घनश्याम मौनीले बताए। वडा कार्यालय निर्माणमा ९७ लाँख खर्च भएको इन्जिनियर मौनीले बताए।