बैतडी । अजयमेरु गाउँपालिका स्तरिय उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहश्रलिङ प्रथम भएको छ। डडेल्धुराको अजयमेरु गाउँपलिकाद्वारा आयोजित आधारभुत बिधालय स्तरिय खेलकुद प्रतियोगिताको उपाधी सहश्रलिङले हात पारेको हो।
प्रतियोगितामा सहश्रलिङ मावि चमडा छ गोल्ड, चार रजत दुई कास्य प्राप्तगरी प्रथम, अजयमेरु आधारभुत विद्यालय रोल्ली तीन गोल्ड पाँच कास्य प्राप्त गरी द्वितीय र दुर्गास्थान आधारभुत विधालय गुनपाल दुई गोल्ड चार रजत र तप्न कास्य प्राप्त गर्दै तृतिय स्थान ल्याउन सफल भएको गाउँपालिकाले जनाएको छ।
दिर्घ जिवनका लागि खेलकुदु भन्ने नाराका साथ आधारभुत विद्यालय स्तरिय दोस्रो उप राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबारबाट सुरु भएको थियो।
विहीबार चम्वेताल खेलमैदानमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी खगराज भट्टले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए। गाउँपालिका भित्रका १७ वडा आधारभुत बिद्यालयहरु प्रतियोगीतामा सहभागी भएका छन्।