राष्ट्रिय सभा सदस्य उम्मेदवारको आज नामावली प्रकाशन हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरेपछि निर्वाचन आयोगले बिहीबार दिउँसो नामावली प्रकाशन गर्ने आयोगको तालिका रहेको छ।

आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरेपछि आज नामावली प्रकाशन हुन लागेको हो। गत सोमबार राष्ट्रिय सभाका १९ सिटका लागि सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ।

निर्वाचनमा नाम फिर्ता लिन चाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन्  त्यसपछि शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

Leave A Reply

Your email address will not be published.