बैतडी:
बैतडीको शिवनाथ गाउँपालिका(५ मा पानी बोक्ने ट्याङ्कर दुर्घटनामा परेको छ । जिल्लाको मेलौली नगरपालिकाबाट सुल्लेखानतर्फ गइरहेको से १ क ८२२ नम्बरको पानी ट्याङ्कर शिवनाथ ५को हड्केचौरमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ट्याङ्कर चालक २३ वर्षका सुरेश बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्याङ्कर सडकबाट करिब अढाइसय मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।