जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले मनायो, राष्ट्रिय योग दिवस

बैतडी-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले नवौं राष्ट्रिय योग दिवस भब्य रुपमा मनाएको छ। माघ १ गते मनाइने योग दिवस केन्द्रले पनि मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा योग, ध्यान, प्राणायमको आयोजना गरेर मनाएको हो ।
योग कार्यक्रममा मेलौली स्थित कार्यालयमा कर्मचारी विद्यालयका शिक्षकहरु सर्वसाधारण नागरिक लगायतको सहभागिता रहेको कार्यालयका निमित्त प्रमुख हिकमत बहादुर चन्दले बताए ।


केन्द्रका प्रमुख चन्दले योगलाई आसन, एक्सरसाइज वा ब्यायामको रुपमा मात्रै बुझ्ने गरिएको उल्लेख गर्दै योगले मानिसको सर्वाङ्गीण विकासमा सहयोग गर्ने बताए ।

योगले जीवन स्वस्थ राख्न र कार्यक्षेत्रमा पनि सही निर्णय गर्नको लागि सहयोग पुग्ने भएकोले यसलाई नियमित अवलम्बन गर्नुपर्ने कार्यालय प्रम्ख चन्दले बताए ।योगलाई नियमित रुपमा अपनाउने अपेक्षा गर्दै यो योगअभ्यासको कार्यक्रम राखिएको उनको भनाई थियो ।


सबै मिलेर योगको प्रवद्र्धन गर्नुपर्ने र स्वस्थ समाज निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने आजको आवश्वता रहेको र योगलाई हरेक व्यक्तिले नियमित गर्नुपर्ने कार्यक्रममा सहभागी देवेन्द्र भट्टको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.