शिक्षाशाखा परशुरामद्वारा भागेश्वर माबि सलौनको अनुगमन र कक्षा अवलोकन

बैतडी । डडेल्धुराको परशुराम नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ अभ्यास सुरु गरेको छ। सरोकारवाला निकायवाट पटक–पटक शैक्षिक गुणस्तर खस्केको भन्ने सुझावलाई मध्यनजर गरि शाखाले बिद्यालय अनुगमन तथा कक्षा अवलोकन लाई अगाडी सारेको शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टले वताउनुभयो।

शुक्रवार परशुराम नगरपालिका वडा न १ सलौन स्थित भागेश्वर माद्यमिक बिद्यालयको अनुगमन र कक्षा अवलोकन गरिएको हो। नगरपालिकाको बिभिन्न विद्यालयका बिषगत शिक्षकहरु सहितको सहजीकरणमा कक्षा अवलोकन गरिएको उनले जानकारी दिनुभयो।

कक्षा अवलोकनका दौरानमा पाईएका सफल र असफल पक्षहरुको विषयमा समिक्षा समेत गरिएको छ। यसरी दैनिक वा साप्ताहिक रुपमा शिक्षक, विव्यस समितिले छलफल, वहस र समिक्षा गरेमा शैक्षिक गुणस्तर सुधारमा केही टेवा पुग्नेमो उहाँको तर्क रहेको छ। नगरपालिका भित्र ६३ सामुदायिक विद्यालय छन, सबै विद्यालयको एकै किसमको भौगोलिक अवस्था , जनचेतना, आर्थिक अवस्था, भौतिक अवस्था शैक्षिक वातावरणको अवस्था नभएकाले एक विद्यालयको अनुभव र शिक्षणबिधि अर्को विद्यालयमा साटा–साट हुने र कक्षा अवलोकन विधिवाट गुणस्तर सुधारमा मदत पुग्ने ऊनको भनाई थियो।

भागेश्वर माबि सलौनका बिव्यस अध्यक्ष दान वहादुर ठगुन्नाको संयोजकत्वमा वालविकास, प्राथमिक ,आधारभुत र माबि तहका विशेस कक्षा अवलोकन गरिएको साखा अधिकृत विष्टले जानकारी दिनु भएको छ। कार्यक्रम समापन पश्चात समिक्षात्मक छलफल गरिएको हो। समिक्षात्मक छलफलमा बोल्दै शाखा प्रमुख विष्टले बिद्यार्थिहरु उत्साहि छन, ४५ मिनेटको समयावधीमा वालवालिकालाई सिकाईका बिधिहरुमा कमी रहेको छ, उपलब्ध र स्थानीय श्रोतसाधनवाट र्निमित शैक्षिक सामग्रीको प्रयोगमा कमी छ, शिक्षक,सहजकर्ताहरुले विद्यालय प्रवेस वा कक्षा प्रवेस गरि सके पछि हरेक पिडा, समस्या, कुण्ठा त्यागी समय सापेक्ष प्रबिधि मैत्री बन्नु पर्नेमा उनले जोड दिनु भयो।

Leave A Reply

Your email address will not be published.