बैतडी । उद्योग वाणिज्य संघ जोगबुडाको पाचौं चुनाबी अधिवेशन अन्तरगत आज विहान ९ वजेवाट मतदान शुरु भएको छ। २०६९ सालमा स्थापना भएको उद्योग वाणिज्य संघको चुनाबी अधिवेसन माघ ६ गते उदघाटन भएको हो।
माघ १३ गते बिहान ९ वजे संस्थापक अध्यक्ष भोजराज वोहराले पहिलो मत खसाली मतदान सुरु गरिएको मतदान संयोजक रामचन्द्र खड्काले जानकारी दिनु भएको छ। अन्य सम्पुर्ण पदमा सर्व सम्मत पदाधिकारी चयन भएकाछन भने, अध्यक्षमा जनक बोहरा र हरि प्रशाद जोशी चुनावी मैदानमा रहेकाछन।
डडेल्धुराको भित्री मधेश परशुराम र आलितालका उद्योगी व्यवसायी सदस्यहरुको छाता संगठन उद्योग वाणिज्य संघ जोगबुडाको नयाँ नेतृत्व अन्तरगत अध्यक्ष पदमा निवर्तमान अध्यक्ष जनक वहादुर वोहरा र हरि प्रशाद जोशी चुनावी मैदानमा उत्रिएका छन।
बरिष्ठ उपाध्यक्षमा मान वहादुर भाट, उपाध्यक्षहरु राज वहादुर वोहरा, रुपसिह वोहरा, पदम वहादुर खडायत, महासचिवमा हिक्मत वहादुर साउद, कोषाध्यक्षमा पशुपति देवि कुवर, सचिवहरु थानेश्वर प्रशाद भट्ट, तोया सुनार, हर्क धामी, डम्वर सिह दमाइ सदस्यहरुमा भिम वहादुर स्नेहि, शेर वहादुर दसरथनाथ र वीर वहादुर साउद सर्वसम्वत निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक रामचन्द्र खड्काले जानकारी दिनु भएको छ।
माघ ६ गते ५ चौ चुनावि अधिवेशन उदघाटन भइ अध्यक्ष पदमा सहमति नजुटे पछि निर्वाचन प्रकृया अगाडि बढेको हो। आलिताल र परशुरामका गरि करिव ५ सय बढि सदस्य व्यापारी आबद्ध रहेकोमा २ सय ५९ जनाको सदस्यता नविकरण भइ मतदान योग्य रहेकाछन।
यो समाचार तयार पार्दा सम्म ६५ मत खसेका निर्वाचन समितिले जानकारी दिनु भएको छ।