डडेल्धुराको परशुराम–०१ मा भलिवल प्रतियोगिता शुरु

डडेल्धुराको परशुराम नगरपालिका वडा नं। १ सलौनको आयोजनामा चौथो वडाअध्यक्ष कप ।महिला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भएको छ। माघ २० गते शनिवार वडा।न १ का वडाअध्यक्ष लालबहादुर धामीको अध्यक्षता तथा परशुराम नगरपालिका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो ।

वडा नं। १ को आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत युवा लक्षित वजेट अन्तरगत प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष लाल वहादुर धामीले जानकारी दिनु भएको छ। प्रतियोगिता भागेश्वर माद्यमिक विद्यालय सलौनको खेलमैदामा सञ्चालन भई रहेको वडा सचिव पारवती धामीले वताईन।

उक्त प्रतियोगितामा वडा।न १ का ६ महिला ८ पुुुरुष गरि जम्मा १४ समुहको सहभागिता रहेको छ। प्रतियोगितामा महलिा पुरुष तर्फ प्रथम लाई नगद १० हजार, द्धितिय लाई नगद ६ हजार र तृतिय हुने समुहलाई नगद ४ हजार ट्रफी मेडल र प्रमानपत्र प्रदान गरिने प्रतियोगितामा मुख्य रेफ्री प्रेम कठायतले वताए । उनका अनुसार भलिवल प्रतियोगिता अन्तराष्ट्रिय नियमानुसार खेलाइएको छ।

अनुशासन, विकास र गतिशिलता भन्ने नारा लाई आत्मसाथ गरि वडाका स्कुले छात्र–छात्रा देखी पाका गृहणी महिला सम्मको सहभागिता रहेको छ।

Leave A Reply

Your email address will not be published.