परशुराम–०१ डडेल्धुराको अध्यक्षकप भलिवल प्रतियोगिता सम्पन्न

पदम जोरा । डडेल्धुराको परशुराम नगरपालिका-१ द्वारा आयोजित वडा अध्यक्षकपको उपाधी महिला तर्फ हेमराज निर्माण सेवा र पुरुष तर्फ जोशी फाष्टफुडले हात पारेको छ। त्यसै गरि महिला तर्फ दोस्रोमा खैडीवान सामुदायिक वन, तेस्रोमा भागेश्वर माद्यमिक बिद्यालयका छात्रा रहनु भएको छ ।

पुरुष तर्फ दोस्रोमा सुन्दर टोल बिकास समिति र तेस्रो स्थानमा जनजागरण टोल विकास समिति रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा महिला पुरुष तर्फ प्रथम हुने समुहलाई लाई नगद १० हजार, द्धितियलाई नगद ६ हजार र तृतिय हुने समुहलाई नगद ४ हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको वडा सचिव पारवती धामीले जानकारी दिनु भएको छ ।

माघ २० गते शनिवार भागेश्वर माद्यमिक बिद्यालय सलौनको खेलमैदानमा प्रतियोगिता उद्घाटन भएको हो। वडाअध्यक्ष लालबहादुर धामीको अध्यक्षता तथा परशुराम नगरपालिक नगर-प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उदघााटन भएको हो।

वडा भरीका ६ महिला र ८ पुरुष गरि १४ खेलाडी समुहको प्रतियोगितामा सहभागिता रहेको थियो । वडा नं। १ को आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत युवा लक्षित वजेट अन्तरगत प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष लाल वहादुर धामीले जानकारी दिनु भएको छ। अनुशासन, विकास र गतिशिलता भन्ने नारा लाई आत्मसाथ गरि वडाका स्कुले छात्र–छात्रा देखी पाका गृहणी महिला सम्मको सहभागिता रहेको थियो।

शूदुरपश्चिम प्रदेस स्तरिय रेफ्रि प्रेम कठायतले वडा अध्यक्षकप खेलाउनु भएको हो ।

Leave A Reply

Your email address will not be published.