डडेल्धुरामा आगो ताप्ने क्रममा निसासिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका १ मालम बस्ने वर्ष ६० कि धौली देवी दियाल र २६ वर्षीय पुनम दियाल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।
सूचना अधिकारी नायकका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको छ।
बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मृतक दुवै नातामा सासुबुहारी रहेको बताएको छ।