पदम जोरा । डडेल्धुराको परशुराम ४ कटाल स्थित भागेश्वर माबिको आयोजनामा सम्पन्न विव्यस अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधी परशुराम यातायात प्रालिले हात पारको छ। माघ २२ गते वाट सुरु भएको प्रतियोगितामा ८ पुरुष ७ महिला गरि जम्मा १५ टिमको सहभागिता रहेको थियो।
माघ २५ गते सम्मन फाइनल खेलमा परशुराम यातायात प्रालि जोगबुडाले कैलपाल निर्माण सेवालाई पराजित गरि उपाधी हात पारेको हो। दोस्रोमा कैलपाल निर्माण सेवा र चौराह स्र्पोट क्लव सादनी तेस्रो भएको छ।
उपाधी जिते संगै परशुराम यातायात प्रालि जोगबुडाले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
दोस्रो हुने कैलपाल निर्माण सेवा परिगाउँले १ लाख १ हजार एक सय ११ र तेस्रो सथानमा रहेको चौराह स्र्पोट क्लव सादनीले ५० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
महिला तर्फ सुल्काफाटा नगरपालिका कञ्चनपुर प्रथम, त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडा दोस्रो र भागेश्वर युवा क्लव कटाल तेस्रो साथान हात पारेको छ। महिला भलिबलतर्फ प्रथम हुने सुल्काफाटा नगरपालिका कञ्चनपुरको टिमले नगद ७५ हजार १ सय ११, रुपैयन सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।
त्यसै गरि द्वितीयहुने समुह त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाले ५१ हजार एक सय ११ र तृतीय हुने भागेश्वर युवा क्लव कटालले २५ हजार एक सय ११ रुयैयाँ ,ट्रपि,मेडल र प्रमाण पत्र प्राप्त गरेको भागेश्वर माबि कटालका प्रतियोगिता सचिवालय सदस्य रघुनाथ ओझाले जानकारी दिनु भएको छ।
प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ठ खेलाडीहरुलाई नगद पुरुस्कार सहित, प्रमाण–पत्र, प्रदान गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ को अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको प्रमुख आतिथ्यतामा माघ २२ गते बिद्यालयको ४९ औं वार्षिकोत्सव तथा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता उदघाटन भएको हो।
उद्घाटन कार्यक्रमको बिशिष्ठ अतिथिमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उप–प्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की रहेका थियो।
माघ २२ गते वाट सुरु भएको भलिवल प्रतियोगिता तथा ४९ औं वर्षिकोत्सव माघ २५ गते पुर्व राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बिद्यालयका अतिक्ति कृयाकलाप, बिबिध सांस्कृतिक प्रस्तुति लोक डेउडा गायक रमेश मल्ल, सुधीर जैरू, डेउडा तथा हास्य कलाकार जेआर भट्ट, मोडेल डान्सर अनुष्का भण्डारी, पुष्पा बोहराले पनि प्रस्तुति सहित ४९ औ बार्षिकोत्वस महोत्सव र भलिवल प्रतियोगिता सम्पन्न भएको हो।