१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप:नेपालले भुटानलाई हरायो

१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भुटानलाई हराएको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले भुटानलाई ३–० गोलले हरायो ।

नेपालले पहिलो हाफमै ३ गोल गर्‍यो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी, ग्यान्सु डोल्मा लोले १–१ गोल गरे । यो जितसँगै नेपाल ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २–० गोलले पराजित भएको थियो ।

प्रतियोगितामा भोलि भारत र बङ्लादेशबीच खेल हुनेछ । लिग चरणका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भइरहेको हो ।

Leave A Reply

Your email address will not be published.