डडेल्धुराको अजयमेरु गाउँपालिका विद्यालय मर्ज तथा तह मिलानको तयारीमा

डडेल्धुराको अजयमेरु गाउँपालिकाले विद्यालय मर्ज तथा तह मिलानको तयारी थालेको छ। विद्यालय मर्ज तथा तह मिलान गर्न गठित समितिको मिति २०८१ वैशाख ११ गतेको निर्णयानुसार न्यून विद्यार्थी संख्या र भौगोलिक दूरीका आधारमा एक आपसमा मर्ज तथा तह मिलान गर्न इच्छुक विद्यालयहरुका लागि ५ दिने सूचना आह्वान गरेको शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए।

समितिले निर्णय भए अनुसार एक आपसमा मर्ज तथा तह मिलान हुन चाहने विद्यालयहरुले यो ५ दिन भित्र विद्यालय व्यवस्थापनको निर्णय सहित कार्यालयमा निवेदन पेस गर्ने बिद्यालयहरुलाई आग्रह गरिएको उनले बताए।

उनले भने, ‘पहिले स्वंम बिद्यालयले निवेदन दिन सक्छन भनेर सूचना प्रकाशित गरिएको हो आएन भने एक कार्यविधि बनाएर मर्ज तथा तह मिलान गरिने छ ।’ विद्यालय मर्ज तथा तह मिलानका लागि कार्यविधि निमार्णको तयारी समेत गाउँपालिकाले थालेको छ। जसका लागि सबै पक्षसंग छलफल सुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए।

विद्यालय मर्ज तथा तह मिलानका बिषय अजयमेरु गाउँपालिका अन्र्तगतका राजनितिक दल र शिक्षा समिति बिच अन्तक्रिया कार्यक्रम गरिएका अध्यक्ष भट्टले बताए।

Leave A Reply

Your email address will not be published.