अमरगढी -४ द्धारा क्षमता अभिवृद्धि गर्न आवश्क सामाग्री वितरण

डडेल्धुरा -डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ४ ले विपन्न वर्गको क्षमता अभिवृद्धि गर्न आवस्यक सामाग्री वितरण गरेको छ । वडा कार्यालयमा आयोजित औपचारीक कार्यक्रमका विच बाख्रा, सिलाई मेसिन, बंगुर, र ब्लकको साँचो वितरण गरिएको वडा अध्यक्ष परमानन्द शाहुले वताए ।
बाख्रा १७ जनालाइ, सिलाई मेसिन चार जनालाइ बंगुर दुई जनालाइ र ब्लक बनाउने साँचो तीन जनालाई गरी २६ जना वडाका दलित, जनजाती ,एकल महिला तथा आर्थिक रुपमा विपन्न नागरिकलाई वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष शाहुले वडाबासीको मागका आधारमा आफुहरुले २०८० मंसिर २९ गते वडाको निर्णय गरिएको र २०८० पुष २ गते सुचना प्रकाशन गरि आएका निवेदनलाई छनौट गर्दै वितरण गरिएको वताए ।
नगरपालिका पशुसेवा शाखा प्रमुख महाविर साँकिले बाख्रा तथा बंगुर पालन राम्रो संग गर्न सके आर्थिक रुपमा निकै सहज हुने बिस्वास ब्यक्त गरे , साथै उनले पशुविमा गर्न पनि किसानहरु सुझाव दिए ।
अमरगढी नगरपालिकाको महिला तथा बालबालीका निरिक्षक ईन्द्रा रावलले महिलाहरुका लागि बितरण गरिएका सामाग्रीहरु उपयोगी हुने बताउँदै आफुले पाएको चिजलाई आफनो मेहेनतले बढाउनु पर्ने धारणा राखिन ।

क्षमता अभिवृद्धिका लागि पाएको कुरा जतन गर्ने र यसवाट केहिन केहि गर्न सहज हुने बिस्वास वडावासीको छ ।
स्थानीय धौली टमटाले आफुले बाख्रा पाएको वताउँदै भनिन मेहेनत गरे एकबाट पनि धेरै बाख्रा बनाउन सकिन्छ , अलि कुर्नुपर्छ भन्दै खुशि ब्यक्त गरिन ।
भलियाबाट वडा कार्यालयको बाख्रा पाउने सुचिमा रहेकि पद्मा देवी ऐरले भनिन घरमा भएका केहि बाख्रा संग आज पाएको बाख्रा पनि थप हुन्छ र आफुलाई व्यावशायिकता तिर जान पनि सहज हुन्छ ।

बिपन्न बर्गको क्षमता अभिबृद्धि कार्यक्रमका लागि वडावाट चालु आर्थिक बर्षमा ३ लाख बजेट विनियोजन गरिएको हो ।

Leave A Reply

Your email address will not be published.