डडेल्धुराको अजयमेरु गाउँपालिकाले डडेल्धुरा जिल्ला पालिका स्तरीय अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यही जेठ ११ रर १२ गते अजयमेरु गाउँपालिकाको खेलमैदानमा संचालन हुने प्रतियोगिताका लागि टिम दर्ता जेठ ९ गते भित्र गरिसक्नुपर्ने एक सूचना जारी गरेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ७० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र त्यसैगरी द्वितीय पुरस्कार ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र साथै तेस्रो स्थानको लागि ३० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ। खेलका लागि टिम दर्ता शुल्क ५०००र तोकिएको छ भने यातायात,खाना र बासको व्यवस्था खेलाडीहरु आफैंले गर्नुपर्ने जनाइएको छ।
डडेल्धुराका ७ पालिकाबाट खेलाडीहरुले सहभागीता जनाउन पाउने छन्।
खेलाडी सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा हुनुपर्ने छ भने टिम दर्ता गर्दा सम्बन्धित स्थानीय तह सिफारिससहित खेलाडीको नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास)ले बताए ।

गाउँपालिकाले वडा स्तरिय खुल्ला महिला कवडी प्रतियोगीता आयोजना गर्ने भएको छ। यही जेठ ११ र १२ गते हुने प्रतियोगीतामा ३० हजार प्रथम, २२ हजार दित्तिय र त्तितीय पुरुस्कार १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
