तीनदिनदेखि बेपत्ता रहेकी महिला बैतडीमा मृत फेला

बैतडी। तीनदिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला आज बैतडीमा मृत फेला परेकी छन्। दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता , प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।

हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको हो। प्रहरीको टोलीले घटनास्थलको कार्य गरिरहेको प्रहरीले जनाएको छ।

यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन्। मृत भेट्टिएकी महिला विवाहित रहेकी खुल्न आएको छ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.