डडेल्धुरामा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ

डडेल्धुरा –डडेल्धुरामा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भिमबहादुर कठायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा कठायतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.